भारतबाट पुनः पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।
इन्डियन आयल कर्पोरेसन (आईओसी)ले मंगलबार पठाएको नयाँ मूल्यअनुसार नेपाल आयल निगमले खरिद गर्दा पेट्रोल प्रतिलिटर १ रूपैयाँ ९४ पैसा र डिजेल प्रतिलिटर ४ रुपैयाँ ८४ पैसाले घटेर आएको हो।
योसहित भारतबाट लगातार ३ पटकसम्म पेट्रोलियमको मूल्य घटेर आएको हो। नेपाल आयल निगमका अनुसार अब पेट्रोलमा करिब ४ रुपैयाँ नाफा हुनेछ। तर डिजेलमा अझै प्रतिलिटर करिब ५ रुपैयाँ घाटा नै रहेको छ।
साउन १६ गते दोस्रो पटक डिजेल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको थियो। त्यसअघि साउन १ गते पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो।
69
Shares
प्रतिक्रिया