संयुक्त राज्य अमेरिकाले ताइवानसँग औपचारिक द्विपक्षीय व्यापार वार्ता गर्ने घोषणा गरेको छ।
अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको विवादित भ्रमणको केही हप्ता नबित्दै अमेरिकाले यस्तो घोषणा गरेको हो।
यसअनुसार पहिलो चरणको छलफल चाँडै हुने अफिस अफ यूएस ट्रेड रिप्रेजेन्टेटिभले जनाएको छ।
वार्तामा व्यापार सुविधा, डिजिटल व्यापारलगायत विषयहरु समावेश हुनेछन्।
पेलोसीको भ्रमणपछि चीन–अमेरिका तनाव बढिरहेको छ। २१औँ शताब्दीको व्यापारमा अमेरिका–ताइवान इनिसिएटिभ जुनमा सार्वजनिक गरिएको थियो। दुवै पक्षले यसमा सहमतिको लागि छलफल गर्ने बताइसकेका छन्।
सन् २०२० मा ताइवान र अमेरिकाबीच झण्डै १०६ अर्ब डलरको व्यापार भएको भएको थियो।
54
Shares
प्रतिक्रिया