पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई जारी गरेकोे साधारण सेयर भर्ने आज अन्तिम दिन रहेको छ।
कम्पनीले गत साउन ३१ देखि निष्काशन गरेकोमा आज बैंकिङ समयसम्म सेयर आवेदन दिन पाउनेछन्।
कम्पनीले स्थानीयबासी, कर्मचारी र सामूहिक लगानी कोषका योजनाहरुलाई छुट्याइएको सम्पूर्ण सेयरको बाँडफाँट भएपश्चात् सर्वसाधारणमा जारी भएको २२ लाख ९४ हजार ६८२ कित्ता साधारण सेयरमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
पिपुल्स पावर लिमिटेडले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ। यो आयोजनाको भौतिक प्रगति ९८ प्रतिशतसम्पन्न भइसकेको तथा कम्पनीले विद्युतको व्यापारिक उत्पादन गर्ने यही भदौ मसान्त छ।
यस कम्पनीेको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको छ।
Shares
प्रतिक्रिया