कारोबार


निर्वाचनका लागि नेपाल प्रहरीलाई थप २०३१ वटा सवारीसाधन आवश्यक

निर्वाचनका लागि नेपाल प्रहरीलाई थप २०३१ वटा सवारीसाधन आवश्यक

नेपालखबर
पुस १६, २०८२ बुधबार ८:८, काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल प्रहरीलाई २ हजार ३१ वटा थप सवारीसाधन आवश्यक परेको छ।

नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेका अनुसार निर्वाचन प्रयोजनका लागि साना, ठूला र दुईपांग्रे गरी कुल २ हजार ३१ वटा नयाँ सवारीसाधन चाहिन्छ। 

प्रहरीलाई साना सवारीसाधान १ हजार ४८२, ठूला १३२ र मोटरसाइकल ४१७ थान आवश्यक रहेको उनले बताए। 

हाल प्रहरीसँग ३ हजार ३६४ थान सवारीसाधन छन्। जसमा साना ६९४, ठूला ४२ र मोटरसाइकल २ हजार ६२८ वटा छन्। 

समग्रमा प्रहरीलाई निर्वाचन प्रयोजनका लागि कुल ५ हजार ३९५ सवारीसाधन आवश्यक छन्। जसमा साना २ हजार १७६, ठूला १७४ र मोटरसाइकल ३ हजार ४५ आवश्यक छन्। 

गत भदौमा भएको जेनजी आन्दोलनमा प्रहरीका ५२५ वटा सवारीसाधन जलेर नष्ट भएको प्रहरीले जनाएको छ। 

यस्तै चालु आर्थिक वर्षमा अर्थ मन्त्रालयले प्रहरीलाई २६२ सवारीसाधन किन्न स्रोत सहमति पनि प्रदान गरेको छ।

नियमित बजेटबाट १५६ र थप बजेटबाट १०६ थान गाडी किन्न ८० करोड ३० लाख रुपैयाँ बराबरको स्रोत सहमित प्रदान गरिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad