नेपाल दूरसञ्चार प्राधिकरणले दुई इन्टरनेट सेवाप्रदायकको अनुमतिपत्र खारेज गरेको छ।
इमेलसहित इन्टरनेट सेवा सञ्चालन अनुमति पाएको सी. डाटा कम्युनिकेसन प्रालि वीरगन्ज (पर्सा) र श्री लाइफ नेट प्रालि वीरेन्द्रनगर (सुर्खेत)को अनुमतिपत्र खारेज गरेको हो।
लाइफ नेटले तोकिएको समयावधिमा नवीकरण नगर्दा स्वतः खारेज भएको प्राधिकरणले जनाएको छ। यता सी. डाटाले सर्तअनुसार सेवा सञ्चालन नगरेकोले अनुमति खारेज गरिएको प्राधिकरणको भनाइ छ।


66
Shares

प्रतिक्रिया