कारोबार


विराटनगर किंग्सको ‘इन्टरनेट एक्सपिरियन्स पार्टनर’मा सुबिसु

विराटनगर किंग्सको ‘इन्टरनेट एक्सपिरियन्स पार्टनर’मा सुबिसु

नेपालखबर
कात्तिक ३०, २०८२ आइतबार १८:१, काठमाडौँ

आसन्न नेपाल प्रिमियर लिग (एनपीएल) सिजनका लागि विराटनगर किंग्सले सुबिसुलाई आफ्नो इन्टरनेट एक्सपिरियन्स पार्टनरको रूपमा स्वागत गरेको छ। नेपालको एक भरपर्दो इन्टरनेट तथा डिजिटल सेवा प्रदायक कम्पनी सुबिसुले टोलीलाई विश्वसनीय कनेक्टिभिटी र प्रविधिक सहयोग प्रदान गर्दै साथ दिनेछ।

यस साझेदारी मार्फत बिराटनगर किंग्सले सम्पूर्ण प्रतियोगिता भरि समर्थकहरूको डिजिटल अनुभवलाई अझ राम्रो बनाउने लक्ष्य राखेको छ। सुबिसुको उपस्थितिले अनलाइन अपडेट, डिजिटल स्टोरीटेलिङ, म्याच कभरेज र विभिन्न प्लेटफर्ममा हुने फ्यान इन्टर्याक्सनलाई छिटो, सहज र निरन्तर बनाउनेछ।

यो साझेदारीले आधुनिक खेलकुदमा डिजिटल कनेक्सनको बढ्दो भूमिकालाई प्रकाश पार्छ। सुबिसुको सहयोग मार्फत् बिराटनगर किंग्सले अब घरबाट हेर्ने हुन् वा सामाजिक सञ्जाल र लाइभ डिजिटल कन्टेन्टबाट जोडिने हुन्, आफ्ना सबैखाले समर्थकका लागि अझ इन्टरएक्टिभ, जानकारीमुलक र रमाइलो अनुभव तयार गर्नेछ।

विराटनगर किंग्स सुबिसुसँग सहकार्य गर्न पाउँदा गौरवान्वित छ, र दुबै पक्ष यस साझेदारी सफल हुनेमा आशावादी छन्। दुबै पक्ष प्रशंसकहरूलाई टोलीसँग अझ नजिक ल्याउने एवम् अझै कनेक्टेड र यादगार एनपीएल सिजन प्रस्तुत गर्ने संयुक्त लक्ष्यमा अघि बढेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad