वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले देशभरका उदीयमान तीव्र गतिका बलरहरूको पहिचान र विकास गर्ने उद्देश्यसहित आफ्नो राष्ट्रिय प्रतिभा खोज कार्यक्रम ‘बीट द स्पीड – सिजन ३’ को औपचारिक घोषणा गरेको छ।
तेस्रो संस्करणमा प्रवेश गरेको यो अभियानले युवा खेलाडीलाई आफ्नो गति, सीप र सम्भावना प्रदर्शन गर्ने अवसर प्रदान गर्दै नेपालको ग्रासरुट क्रिकेटलाई अझ सुदृढ बनाउने लक्ष्य लिएको छ।
अघिल्ला सिजनहरूको सफलतासँगै ‘बीट द स्पीड’ ले नेपाली क्रिकेटमा प्रभाव पार्दै आएको छ। गत सिजनका विजेता हिक्मत महराले नगद १ लाखसहित जस्ट क्रिकेट एकेडेमीमा तीन महिनाको प्रशिक्षण अवसर प्राप्त गरेका थिए। त्यसपछि उनी सुदूरपश्चिम रोयल्सबाट ‘आइकनिक प्लेयर’ का रूपमा छनोट भएका थिए भने नेपाल प्रिमियर लिगमा आफ्नो पहिलो खेलमै पहिलो विकेट लिँदै चर्चा बटुलेका थिए।
त्यस्तै, किरण चन्दलाई निर्णायकहरू ज्ञानेन्द्र मल्ल र कलाम अलिले ‘प्रोमिसिङ ट्यालेन्ट’ का रूपमा छनोट गरेका थिए। चन्दले ५० हजार नगदसहित जस्ट क्रिकेट एकेडेमीमा तीन महिनाको पूर्ण छात्रवृत्तिसहित प्रशिक्षण प्राप्त गरेका थिए र पछि काठमाडौं गोर्खाजको डेभलपमेन्ट स्क्वाडमा समावेश भएका थिए।

२३ सहरमा राष्ट्रव्यापी यात्रा
सिजन–३ को सुरुवात वैशाख ४ गते जनकपुरबाट भइसकेको छ। यससँगै कार्यक्रमले देशका २३ सहर समेट्ने राष्ट्रव्यापी यात्रा सुरु गरेको छ। तालिका यसप्रकार रहेको छ:
• वैशाख ५ – लहान र राजविराज
• वैशाख ६ – विराटनगर
• वैशाख ७ – दमक
• वैशाख ८ – इटहरी
• वैशाख १० – मलंगवा र गौर
• वैशाख ११ – सिमरा र वीरगञ्ज
• वैशाख १२ – हेटौंडा र चितवन
• वैशाख १३ – बुटवल
• वैशाख १४ – भैरहवा
• वैशाख १५ – लमही र घोराही
• वैशाख १६ – नेपालगञ्ज
• वैशाख १७ – सुर्खेत
• वैशाख १९ – धनगढी
• वैशाख २० – महेन्द्रनगर
• वैशाख २२ – बैतडी (पहिलो पटक समावेश)
• वैशाख २४ – पोखरा
• वैशाख २६ – काठमाडौं

प्रारम्भिक चरणपछि सबैभन्दा छिटो बलिङ गर्ने उत्कृष्ट १० खेलाडीलाई काठमाडौंमा हुने ग्रान्ड फाइनलका लागि छनोट गरिनेछ।
एन्ड्र्यू लियोनार्डको सहभागिता
यस सिजनमा चर्चित क्रिकेट कमेन्टेटर एन्ड्रु लियोनार्डको सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको छ। वर्ल्डलिङ्कका प्रमुख बजार अधिकृत तेन्जिन चोग्यालका अनुसार, लियोनार्डले प्रारम्भिक चरणका केही सहरमा उपस्थित भई खेलाडीहरूसँग अन्तरक्रिया गर्नेछन् भने काठमाडौंमा हुने ग्रान्ड फाइनल पनि होस्ट गर्नेछन्।
निर्णायक र पुरस्कार
यस वर्ष पनि प्रतियोगिताको निर्णायकमा ग्यानेन्द्र मल्ल र कलाम अली रहनेछन्।
प्रतियोगिताका पुरस्कारहरूमा विजेतालाई १ लाख, प्रथम उपविजेतालाई ५० हजार र दोस्रो उपविजेतालाई २५ हजार रुपैयाँ दिइनेछ।

यसका अतिरिक्त, विजेता र निर्णायकले छनोट गरेको ‘प्रोमिसिङ ट्यालेन्ट’ दुवैले जस्ट क्रिकेट एकेडेमी, बेंगलोरमा तीन महिनाको पूर्ण छात्रवृत्तिसहित प्रशिक्षण अवसर प्राप्त गर्नेछन्, जसको सम्पूर्ण खर्च वर्ल्डलिङ्कले व्यहोर्नेछ।
‘बीट द स्पीड’ वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेडको एक प्रमुख ग्रासरुट क्रिकेट पहल हो, जसले नेपालका तीव्र गतिका बलिङ प्रतिभाहरूको खोजी र विकासमा केन्द्रित छ। देशव्यापी पहुँच र अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण अवसरको संयोजनमार्फत यो अभियानले नेपाली क्रिकेटको दीर्घकालीन विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
Shares

प्रतिक्रिया