भारतका चर्चित संगीतकार तथा इन्डियन आइडलका जज अनु मलिक फेरि विवादमा तानिएका छन्।
बारम्बार अन्तर्राष्ट्रिय गीतको संगीत चोरी गरेको आरोप लागेका उनीमाथि महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो।
नवआगन्तुक गायिकालाई उनले बलिउडमा स्थान दिने बताउँदै यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेपछि उनले इन्डियन आइडलको निर्णायकको भूमिका बारम्बार त्याग्नु परेको थियो।
यतिबेला फेरि उनीमाथि संगीत चोरी गरेको आरोप लागेको छ।
इजरायलकी खेलाडी आर्तेम दोलगोपायतले देशको लागि दोस्रो स्वर्णपदक जितेर इतिहास रच्दा टोक्योमा उनलाई गोल्ड मेडल प्रदान गरिएको थियो। त्यसबेला इजरायलको राष्ट्रिय गान बजेको थियो।
त्यसपछि भारतमा ओलम्पिक हेर्ने व्यक्तिले इजरायलको राष्ट्रिय गान र भारतको गीत ‘मेरा मुल्क मेरा देश’ भन्ने राष्ट्रभक्ती गीतमा समानता पाइहाले।
भारतमा उक्त देशभक्ती गीत सन् १९९६ मा रिलिज भएको थियो जसमा अनु मलिकले संगीत भरेका थिए। इजरायली राष्ट्रिय गान सन् १९९१ मा बनेको थियो।
यससँगै भारतका ट्विटर प्रयोगकर्ताले संगीत चोर्नमा अनु मलिकलाई स्वर्ण पदक दिनुपर्छ भनेर ट्रोल गरिरहेका छन्।
यसअघि मलिकले पाकिस्तानी चर्चित संगीतकार तथा गायक नुस्रत फते अलि खानको गीतहरुकाे संगीत चोरी गरेको प्रसस्त उदाहरणहरु छन्।
(इजरायलको राष्ट्रिय गान र अनु मलिकले संगीत चोरी गरेको गीत)
(मलिकले चाेरी गरेका अन्य गीतहरु)
Shares

प्रतिक्रिया