महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई संग्रहालय निर्माणका लागि सरकारले तयारी थालेको छ।
घर निर्माणका लागि पुरानो भवन भत्काउने काम सुरु गरिएको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले जानकारी दिए।
‘हामीले त्यसका लागि टेन्डर दिइसकेका छौँ। काम सुरु भइसकेको छ’, उप्रेतीले भने।
काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित कविकुञ्जले चर्चेको जग्गा सरकारले २ करोड ५० लाखमा किनेपछि नेपाल प्रज्ञा प्रतिष्ठानले प्राप्त गरेको थियो।
घर निर्माणको क्रममा भत्काउन थालेपछि महाकवि देवकोटाका छोरा पद्म देवकोटाले स्टाटस लेखेर सम्झना गरेका छन्।
‘आफू जन्मे हुर्केको घर भत्काएको देख्दा मनमा अनेकौँ तरंग उत्पन्न हुँदा रहेछन्। दुख्दो पनि रहेछ। कोठाकोठाको याद वैरिएर आएको छ यसपालि’, उनले फोटो सेयर गर्दे लेखेका छन्।
Shares

प्रतिक्रिया