कला


कलाकार अनुपम श्यामको निधन

कलाकार अनुपम श्यामको निधन

नेपालखबर
साउन २५, २०७८ सोमबार ७:१२, काठमाडौँ

भारतीय चलचित्र क्षेत्रका चर्चित अभिनेता अनुपम श्यामको निधन भएको छ। ६३ वर्षीय श्याम लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित थिए।

मुम्बईको गोरेगाउँस्थित लाइफ लाइन अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। ‘मनकी आवाज प्रतिज्ञा’ नामको टेलिसिरियलमा ठाकुर सज्जन सिंहको भूमिकाबाट उनी चर्चित बनेका थिए।

चलचित्र निर्माता अशोक पण्डितले सामाजिक सञ्जालमार्फत अनुपम श्यामको निधनको जानकारी दिएका छन्। ‘श्यामको निधनले चलचित्र र टिभी उद्योगलाई ठूलो क्षति पुगेको छ,’ उनले भनेका छन्।

अनुपम श्यामको जन्म सन् १९७५ मा उत्तर प्रदेशको प्रतापगढमा भएको थियो। चलचित्रमा उनले धेरैजसो खलनायकको भूमिकामा अभिनय गरेका छन्। 

स्लमडग मिलेनियर, ब्यान्डिट क्वीन, शक्ति, हल्लाबोल, पानसिंह तोमर, लगान, लज्जा, दुश्मन, सत्या आदि उनले अभिनय गरेका चलचित्र हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad