कला


गायक सुशान्त केसीको रोजाइमा जावा पेराक मोटरसाइकल

गायक सुशान्त केसीको रोजाइमा जावा पेराक मोटरसाइकल

नेपालखबर
भदौ ३, २०७८ बिहिबार १४:१, काठमाडौँ

गायक सुशान्त केसीले जावा पेराक मोटरसाइकल किनेका छन्। 

आमा, माया मा, साथी र बेहोस आदिको लागि परिचित उनले भर्खर मात्र जावा पेराक मोटरसाइकल किनेका हुन्। 

उनले भने, ‘पेराक मोटरसाइकल मेरोे व्यक्तित्वसँग मेल खान्छ।’ 

उनले पेराकको टेस्ट ड्राइभ गरेपछि यो आरामदायी र विलासी भएको संकेत पाएका थिए। उनलाई पेराकले निकै आकर्षित बनाएको थियो।

अग्नि मोटोइन्क प्राइभेट लिमिटेड, क्लासिक लिजेन्ड्सको आधिकारिक वितरकले जावा मोटरसाइकल १३ अक्टोबर २०२० मा र पछि जावा पेराक २०२१ मार्चमा नेपाली बजारमा ल्याएको थियो। 

नेपाली बजार प्रवेशपछि जावा मोटरसाइकलले युवाहरु र मोटरसाइकलप्रेमीहरूको निकै ध्यान तानेको छ किनकि जावा मोटरसाइकल सहर र राजमार्गहरुमा चलाउन धेरै आकर्षक र रमाइलो रहेको कम्पनीको दाबी छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad