चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन्।
फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सीजनका लागि निर्णायकहरु परिवर्तन गरेको हो।
नयाँ निर्णायकमा गायक शम्भुजित बास्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेका छन्।
निर्णायकमा चुनिएपछि वरिष्ठ संगीतकार एवम् गायक शम्भुजित बास्कोटाले नेपाल आइडलमा आउँछु भन्ने आशा गरेको र पूरा भएको बताए।
उनले नेपाल आइडल परिवारको सदस्य हुन पाएकोमा खुसी प्रकट गरे।
गायक पोखरेल र गायिका मोक्तानले पनि नेपाल आइडलसँग सहकार्य गर्न पाउँदा आफू खुसी भएको बताए।
उनले भने, ‘नेपाल आइडलमा आउँछु भन्ने थियो, जुर्दो रहेछ, हिजो पनि नेपाल आइडल राम्रोसँग सञ्चालन भएको थियो, हिजोका जजहरुले राम्रो काम गर्नुभएको छ, व्यवस्थापनले पनि राम्रो किसिमको माहोल क्रिएट गरिदिएको छ, नेपाल आइडल परिवारको सदस्य भएर काम गर्न पाएँदा खुशी छु।’
ढिलै भए पनि नेपाल आइडलमा जोडिन पाउँदा धेरै खुसी लागेको कलाकारहरुले बताएका छन्।
नेपाल आइडल सिजन ४ मा तीन जना निर्णायकसहित टिकटक स्टार तथा मोडेल रेस्मा घिमिरे पनि जोडिएकी छन्।
सिजन ३ सम्मका निर्णायक न्यूह बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी अर्कै रियालिटी शोमा आबद्ध भएपछि व्यवस्थापन समितिले नेपाल आइडल सिजन ४ का लागि नयाँ निर्णायक टिम चयन गरेको हो।
Shares

प्रतिक्रिया