कला


डेब्यु फिल्म गरेपछि सलमान ठान्थे– यो कसैले नहेरोस्!

डेब्यु फिल्म गरेपछि सलमान ठान्थे– यो कसैले नहेरोस्!

नेपालखबर
भदौ ११, २०७८ शुक्रबार १५:१६, काठमाडौँ

बलिउड अभिनेता सलमान खानका लाखौं फ्यान छन्। उनलाई एक झलक देख्न मात्र पनि उनका प्रशंसकहरू मरिहत्ते गर्छन्। उनको स्टारडमको बेला बेलामा निकै चर्चा हुनेसमेत गर्छ। 

सलमानको फिल्मी करिअरको सुरुआतमा भने उनले गरेको संघर्ष कमैलाई थाहा छ। उनले हिन्दी सिनेमामा ‘बीवी हो तो ऐसी’ फिल्मबाट डेब्यू गरेका थिए। त्यतिबेला सलमानले ११ हजार रुपैयाँ मात्र पारिश्रमिका पाएका थिए। सोही फिल्मका निर्देशकले त्यो समयमा भनेका थिए, ‘सलमान खान स्टार बने भने म फिल्म उद्योग छाडिदिन्छु।’

सलमानले ‘बीवी हो तो ऐसी’बाट आफ्नो करियर सुरु गर्दा फिल्ममा उनीसँग रेखा र फारुक शेख पनि थिए। यो फिल्मले करिब ३३ वर्ष पूरा गरिसकेको छ। उक्त फिल्मपछि विस्तारै सलमान आफ्नो अभिनय करिअरमा अगाडि बढ्न थाले। 

यदि सलमान स्टार बने भने म उद्योग छोड्नेछु भनेर एक निर्देशकले ठोकुवा गरेको फिल्म निर्देशक तथा निर्माता सुरेश भगतले भनेका थिए। 

सुरेश भगतले अन्तर्वार्ताको क्रममा भनेका थिए, ‘सलमानको व्यक्तित्व देखेर यस्तो लाग्छ कि उनी धेरै मानिसलाई आफूतिर आकर्षित गर्न सक्छन्। उनीहरुको दिलमा बस्न सक्छन्।’ 

त्यहीबेला उनले निर्देशक ज्याकी बिहारीलाई उदृत गर्दै भनेका थिए, ‘एक निर्देशकले मलाई भने कि यदि सलमान एक स्टार बने, उनी उद्योग छोड्नेछन्।’ 

‘बीवी हो तो ऐसी’ फिल्मबारे सलमानले रियालिटी शो ‘दस का दम’मा एक किस्सा सुनाएका थिए।

‘मैले बिहारी साहिबलाई दुई–तीन वर्ष पहिले भेटें, जसको बारेमा मैले उहाँलाई सोधें कि तपाईंले मलाई त्यो फिल्ममा किन साइन गर्नुभयो?’  जवाफमा, उनले धेरै स्टाररहरूले आफ्नो फिल्म खेल्न अस्वीकार गरेको बताए।

सलमानले फिल्म ‘बीवी हो तो ऐसी’ मा लगाएको कपडा उनको आफ्नै कपडा थियो। जब सलमानले फिल्ममा आफूलाई देखे। उनको प्रार्थना थियो कि यो फिल्म कसैले नहेरोस्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad