कला


हरर फिल्ममार्फत् हलिउडमा डेब्यु गर्ने तरखरमा प्रभास

हरर फिल्ममार्फत् हलिउडमा डेब्यु गर्ने तरखरमा प्रभास

नेपालखबर
भदौ १२, २०७८ शनिबार १४:५, काठमाडौँ

बहुचर्चित फिल्म 'बाहुबली' श्रृंखलापछि बलिउड अभिनेता प्रभास भारतको सबैभन्दा ठूलो स्टार बनेका छन्।

दक्षिण फिल्म उद्योगमा मात्र नभई बलिउड फिल्म उद्योगमै उनका अद्भुत प्रशंसक छन्। भारतमा आफ्नो स्टारडम स्थापित गरेपछि प्रभासले अब हलिउड जाने तरखरमा छन् । 

प्रभास चाँडै एक हलिउड फिल्ममा देखिनेछन्, त्यो हरर जनराको हुनेछ। 'ग्लुट' नामक एक मनोरन्जन वेबसाइटको पछिल्लो रिपोर्टका अनुसार एक ठूलो हलिउड कम्पनी प्रभासलाई 'हरर फिल्म'को लागि अप्रोच गरिरहेको छ । उक्त फिल्म कम्पनीले प्रभासलाई पटकथा पठाइसकेको छ।

प्रभासलाई फिल्मको पटकथा मन पर्‍यो भने उनी फिल्ममा काम गर्नेछन्। तर, प्रभास एक हरर फिल्ममा काम गर्न चाहन्छन् त ?  किनकि उनले धेरै कार्यक्रमा आफूलाई हरर फिल्म हेर्दा डर लाग्ने बताएका छन् ।
हालसालै प्रभास बिना मेकअपमा देखिएका थिए।

उनका तस्वीरहरू इन्टरनेटमा भाइरल बनेका थिए। प्रभासलाई साधारण लुगामा देखेर मानिसहरूले उनको मजाक उडाए र धेरै मेम्स सेयर गरे। प्रभासको बढ्दो तौल पनि मानिसहरू बीच चर्चाको बिषय बनेको छ।

प्रवाससँग धेरै फिल्म छन्। राधे श्याम, सालार, आदिपुरुषसंगै, प्रभासको लिस्टमा धेरै ठूलो बजेटका फिल्म छन्। प्रभासको फ्यान फलोअरलाई हेरेर निर्माताहरू करोडौं रुपैयाँ शर्त लगाउन डराउँदैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad