कला


कमेडी च्याम्पियन भरतमणि चढे पुरस्कारमा पाएको २४ लाखको कार

कमेडी च्याम्पियन भरतमणि चढे पुरस्कारमा पाएको २४ लाखको कार

नेपालखबर
असोज १६, २०७८ शनिबार १०:५०, काठमाडौँ

यस वर्षको कमेडी च्याम्पिनयन विजेता भरतमणि पौडेलले पुरस्कार स्वरूप घोषित कार पाएका छन्। 

एक कार्यक्रमका बीच टीभी रियालिटी सो कमेडी च्याम्पियन कार्यक्रमका निर्देशक विशाल भण्डारीले शुक्रबार पौडेललाई कारको साँचो हस्तान्तरण गरेका हुन्। 

कमेडी च्याम्पियनले पौडेललाई झन्डै २४ लाख रुपैयाँ मूल्यको कार पुरस्कार दिएको हो। 

उपविजेता बिक्की अग्रवाल भने अस्वस्थताका कारण शुक्रबार पुरस्कारको मोटरसाइकल लिन आउन सकेनन्। 

यस्तै प्रतियोगितामा तेस्रा भएका सन्तोष थापाले स्कुटर पाएका छन्। 

कार पाएपछि भरतमणिले आफूलाई मत दिने सबै दर्शक र कमेडी च्याम्पियन समूहप्रति आभार व्यक्त गरेका छन्। 

उनले भनेका छन्, ‘सबै आदरणीय भोटर्स र कमेडी च्याम्पियन टिमप्रति आभारी छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad