ad ad

कला


श्रीराम राईले बजारमा ल्याए ‘पोलेको मकै’

श्रीराम राईले बजारमा ल्याए ‘पोलेको मकै’

नेपालखबर
असोज २२, २०७८ शुक्रबार १८:७, काठमाडौँ

विशेषतः बाल साहित्यमा कलम चलाउने साहित्यकार श्रीराम राईद्वारा लिखित बालकथा संग्रह ‘पोलेको मकै’ पुस्तक बजारमा ल्याइएकाे छ।

बुक्स हिमालयले प्रकाशन गरेको ‘पोलेको मकै’मा पहाडी भेगका रमाइला र घतलाग्दा कथा छन्। पुस्तक नै बालकथा संग्रह भएकाले सबै कथामा बालमनोविज्ञानलाई विशेष प्राथमिकता दिइएको लेखक राईले बताए। 

उनका अनुसार विद्यालय तहका सबै विद्यार्थीका लागि कथा संग्रह उपयोगी छ। 

गंगा कर्माचार्य पौडेलले सम्पादन गरेको कथा संग्रहमा मुनाको अभियान, बलजितको जुक्ति, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल फुलून् चरी उडून्, पारुको पढाइ र बुबाको एसएमएसलगायत ७ कथा छन्।

साहित्यकार राईले यसअघि टोली नेता ९बालकथा संग्रह–२०७४०, आजका लघुकथा ९संयुक्त लघुकथा संग्रह–२०७४० आदि कृति प्रकाशन गराइसकेका छन्। 

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ सिर्जनाकुञ्ज घर भएका लेखक राई हाल काठमाडौंमा साहित्यिक पत्रकारिता गरिरहेका छन्। यसअघि उनी आफ्नो गृहजिल्ला खोटाङमै शिक्षण पेसा गर्थे। 

हिमालय म्याप हाउस प्रालिले बजार व्यवस्थापन गरेको ‘पोलेको मकै’का कथाहरूका चित्र राजकुमार प्रजापतिले कोरेका हुन्। उक्त बालकथा संग्रहको मूल्य ९९ रुपैयाँ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .