एभरेस्ट प्रिमियर लिग (ईपीएल) – २०२१ को उपाधिका लागि आज (शनिबार) पोखरा राइनोज र चितवन टाइगर्स भिड्दै छन्।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ।
दुवै टोली पहिलोपटक ईपीएलको फाइनलमा पुगेका हुन्।
सोमपाल कामी कप्तान रहेको चितवनले पहिलो क्वालिफायरमा पोखरालाई नै हराउँदै फाइनल पुग्न सफल भएकाे हो भने विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियटर्सलाई जित्दै फाइनलमा पुगेको हो।
दुवै टोली उपाधि जित्ने लक्ष्यका साथ प्रतिस्पर्धामा उत्रिनेछन्।
विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउने छन्।
33
Shares
प्रतिक्रिया