हाल नेपालमा रहेकी बलिउड नायिका परिणीति चोपडाले सगरमाथाले आफूलाई शिक्षा दिएको बताएकी छन्।
मंगलबार सगरमाथासँग तस्बिर खिचाउँदै यसले आफूलाई नम्रताको पाठ सिकाएको बताएकी हुन्।
सगरमाथासँगका केही तस्बिर उनले आफ्ना सामाजिक सञ्जालका अकाउन्टमार्फत सार्वजनिक गरेकी छन्।
उनले लेखेकी छन्, ‘गुड मर्निङ, माउन्ट एभरेस्ट! तिमीले आज मलाई नम्रताको पाठ सिकायौ।’
बलिउड सिनेमा ‘उचाइ’ सुटिङका लागि परिणीति, अनुपम खेर र बोमन इरानी अहिले नेपालमा छन्।
काठमाडौंमा केही समय बिताएर उनीहरू गत बुधबार असोज २० गते लुक्ला प्रस्थान गरेका छन्।
त्यसै क्रममा नायिका परिणीतिले सगरमाथासँग फोटो खिचाएर सामाजिक सञ्जालमा राखेकी हुन्।
याे पनि :
सुटिङ गर्न अनुपम खेरसहित बलिउड कलाकार टोली काठमाडौंमा (भिडिओ)
918
Shares
प्रतिक्रिया