ad ad

कला


भगवती न्यौपानेको ‘माइला माइली’ मा एलिना र किरणको स्वर (भिडिओ)

भगवती न्यौपानेको ‘माइला माइली’ मा एलिना र किरणको स्वर (भिडिओ)

नेपालखबर
असोज ३१, २०७८ आइतबार १४:३७, काठमाडौँ

अमेरिकामा रहेर पनि नेपाली सुगम संगीतमा कलम चलाइरहेकी भगवती न्यौपानेको शब्दमा रहेको ‘माइला माइली’ गीतको भिडिओ डिजिटल बजारमा सार्वजनिक भएको छ।

सार्वजनिक गीतमा किरण भुजेल र एलिना चौहानको स्वर रहेको छ।

प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ। प्रेमलाई आकर्षक रुपमा प्रस्तुत गरिएको कारणले आम दर्शक तथा स्रोताले मन पराउनेमा आफू निकै आशावादी रहेको गीतकी रचनाकार भगवती न्यौपानेले बताइन्।

पुष्कर सुनुवारको संगीत तथा एरेन्ज गीतमा रहेको छ। मिलन शंकरको छायांकन, दिनसन शाहको सम्पादन तथा गणेश शाहीको निर्देशन भिडिओमा रहेको छ।

‘माइला माइली’ गीतको भिडिओमा रोहन नेपाली र विना राउतको फिचरिङ गीतमा देख्न सकिन्छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .