बलिउडमा ६७औं राष्ट्रिय फिल्म पुरस्कार आज प्रस्तुत गरिँदैछ।
यो यस वर्ष मार्च २२ मा पुरस्कार घोषणा गरिएको थियो। उपराष्ट्रपति एम वेंकैया नायडूले विजेताहरुलाई पुरस्कारसहित सम्मानित गर्नेछन्।
साउथका सुपरस्टार रजनीकान्तलाई दादासाहेब फाल्के अवार्डबाट सम्मानित गरिने छ भने कंगना रनौतलाई उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइनेछ। त्यस्तै, सुशान्त सिंह राजपूतको फिल्म ‘छिछोरे’ लाई बेस्ट फिल्म अवार्ड दिइनेछ।
अक्षयकुमारको फिल्म ‘केसरी’ को गीत ‘तेरी मिट्टी में मिल जवान’ को लागि बी प्राक बेस्ट पुरुष पार्श्व गायकको पुरस्कार पाउने छन्। यससँगै मनोज बाजपेयी र रजनीकान्तका दामाद धनुषले संयुक्त रूपमा उत्कृष्ट अभिनेताको अवार्ड पाउनेछन्।
कंगना रनौत चौथो पटक नेशनल अवार्डबाट सम्मानित हुने भएकी छन्। कंगनालाई यो अवार्ड फिल्म ‘मणिकर्णिका’ र ‘पंगा’का लागि दिइनेछ।
६७औं राष्ट्रिय फिल्म पुरस्कारको जुरीले २२ मार्च २०२१ सालमा २०१९ को राष्ट्रिय फिल्म पुरस्कारको घोषणा गरेको थियो। पुरस्कार वितरण समारोह सोमबार विज्ञान भवनमा आयोजना भइरहेको छ।
Shares

प्रतिक्रिया