विक्की कौशल र कट्रिना कैफ बलिउड इन्डस्ट्रीका चर्चित जोडीमध्ये एक हुन्।
पछिल्लो समय हरेक दिनजसो उनीहरूको विवाहबारे चर्चा हुनेगर्छ। यद्यपी दुवैले आफ्नो सम्बन्धबारे सार्वजनिक रुपमा बोलेका छैनन्।
विक्की कौशल र कट्रिना कैफको अगस्ट १८ मा इन्गेजमेन्ट भएको रिपोर्ट बलिउड सञ्चारमाध्यममा खबर छापिएका थिए।
बलिउड स्रोतका अनुसार उनीहरू छिट्टै विवाह बन्धनमा बाँधिन लागेका छन्। सञ्चारमाध्यममा प्रकाशित विभिन्न समाचारका अनुसार विक्की र कट्रिनाले विवाहको तयारी सुरु गरिसकेका छन्।
उनीहरूको विवाह नोभेम्बर-डिसेम्बरमा हुने बताइएको छ।
यी दुई प्रायः सँगै देखिएका छन् र विक्की कौशल कट्रिना कैफको घरमा धेरै पटक देखिएका छन्। हालै दुवै फिल्म ‘सरदार उधम’को स्क्रिनिङमा देखिएका थिए । यसै क्रममा विक्की र कट्रिनाले अंगालो हालेको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।
कट्रिना ‘सूर्यवंशी’, ‘फोन भूत’ र ‘जी ले जरा’ जस्ता फिल्ममा देखिनेछिन्। यसै क्रममा विक्कीको फिल्म ‘सरदार उधम’ हालै रिलिज भएको छ । अब उनी फिल्म ‘द अमर अश्वत्थामा’ मा काम गर्दैछन्।
Shares

प्रतिक्रिया