कन्न फिल्म स्टार पुनित कुमारको ४६ वर्षको उमेमा हृदयघातबाट निधन भएको छ।
उनलाई छातीमा पीडा भएपछि अस्पतालमा भर्ती गरिएको थियो। बेंगलुरुको विक्रम अस्पतालको आईसीयुमा उपचारकै क्रममा उनको शुक्रबार निधन भएको हो।
उनलाई अस्पताल लैजाँदा नै स्वास्थ्य धेरै बिग्रिएको थियो। विक्रम अस्पतालका डाक्टर रंगनाथ नायकले पनि उनको अवस्था गम्भीर रहेको पुष्टि गरेका थिए।
पुनितका पिता राजकुमार दक्षिण भारतीय फिल्मका एक आइकन थिए।
कन्नड फिल्म क्षेत्रबाट दादासाहेब फाल्के अवार्ड जित्ने राजकुमार पहिलो कलाकार थिए। चन्दन तस्कर वीरप्पनले उनलाई सन् २००० मा अपहरण गरेका थिए।
पुनितले आफ्नो करिअरको सुरुवात बाल कलाकारका रुपमा सुरु गरेका थिए। उनी राष्ट्रिय पुरस्कारबाट पनि सम्मानित भइसकेका छन्।
पुनितको निधनमा चर्चित निर्देशक राम गोपाल वर्माले श्रद्धाञ्जली दिएका छन्। उनले पुनित राजकुमारको आकस्मिक मृत्यु एक अप्रत्यासित बिछोड र डरलाग्दो तथा भयानक सत्य भनेका छन्।
कलाकार पुनितको निधनमा आर माधवनले शोक व्यक्त गर्दै भनेका छन्, 'गए, सबैभन्दा दयालु, प्यारा र महान आत्मामा एक। मलाई नै थाहा छैन कस्तो महसुस गरिरहेको छु। म धेरै स्तब्ध छु। भाइ तिमीले हामी सबैको दिल तोडेर, अलमलमा पारेर गयौ। आज स्वर्ग पनि चम्किलो भएको छ। म अझै पनि यो सत्य नहोस् भन्न चाहन्छु। हात जोडेर, हात जोडेर मेरो मन टुटेको छ।'
Shares

प्रतिक्रिया