कला


अक्षयकुमारको 'सूर्यवंशी'ले हलमा फर्कायो नेपाली दर्शक

अक्षयकुमारको 'सूर्यवंशी'ले हलमा फर्कायो नेपाली दर्शक

नेपालखबर
कात्तिक १९, २०७८ शुक्रबार १८:०, काठमाडौँ

नेपालमा कोरोना संकट सुरु भएसँगै संकटमा परेका चलचित्र हलमा दर्शक फर्किन थालेका छन्। 

दुई वर्षपछि खुलेका हलमा दर्शक फर्काउने सहारा भने बलिउड मुभीको लिनुपरेको छ।

असोज २१ देखि खुलेका हलमा लागेको नेपाली चलचित्र ‘डाँडाको बरपिपल’ले पानी समेत पिउन नसकेपछि अन्य निर्माता डराएका थिए।

तर नेपाली चलचित्रकर्मीहरु डराइरहेको अवस्थमा शुक्रबार प्रदर्शनमा आएको रोहित सेट्टी निर्देशित ‘सूर्यवंशी’ ले दर्शकलाई हलसम्म लैजान सफल भएको छ।

कोरोना महामारीका कारण दोस्रो पटक पाँच महिना बन्द भएका सिनेमा हल असोजमा खुले पनि नेपाली चलचित्र लाग्न सकेका थिएनन्। 

दशैंमा ठूला फिल्म नआउने भएपछि शोभित बस्नेत निर्देशित फिल्म ‘डाँडाको वर पिपल’ फूलपातीमा रिलिज भएको थियो। तर, यो फिल्मप्रति दर्शकको चासो नै गएन।
 
‘डाँडाको बरपिपल’ को चल्नै नसकेपछि  ‘पर्ख र हेर’ को अवस्थामा बसेका निर्देशकहरू पन्छिरहेका बेला हिन्दी फिल्मले दर्शक तानेको हो। 

तिहारको मौकामा प्रदर्शनमा आएको यो फिल्मले राजधानी र बाहिरका मल्टिप्लेक्सहरुमा दर्शक तानेको छ। शुक्रबार राजधानीका हलहरुमा सूर्यवंशी हेर्ने दर्शकको भीड नै लागेको थियो। 

नेपालका दर्शकमाझ पनि प्रतिक्षीत ‘सूर्यवंशी’ देशभर सयवटा सिनेमा घरमा एकसाथ प्रदर्शनमा आएको हो। जसलाई नेपाली दर्शकले राम्रो रेस्पोन्स गरे। यसअघि कुनै पनि विदेशी फिल्म नेपालका सयवटा हलमा एकसाथ लागेका थिएनन्। 

नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभरका १० मेजर स्टेशनमा कूल ५८ शोज यो फिल्मलाई दिएको थियो। 

यसलाई राजधानीका मल्टीप्लेक्सहरु वान् सिनेमाजले ६ शो, विग मुभिजले ११ शो, कीर्तिपुर सिनेप्लेक्सले ३ शो, एफक्युब सिनेमाजले १२ शो, क्यूज सिनेमाजले ७ शो, आइएनआई सिनेमाजले ९ शो, विएसआर मुभिजले ७ शो र सिडिसी सिनेमाजले ७ शोज दिएका थिए। यो फिल्म वितरक मनोज राठीको समूहले एक करोडभन्दा बढी तिरेर ल्याएको हो। 
 
फिल्ममा अक्षय कुमार, क्याटरिना कैफको मुख्य भूमिका छ। अतिथि भूमिकामा अजय देवगण र रणवीर सिंह पनि छन्। कोरोनाका कारण यो फिल्म प्रदर्शनमा आएको थिएन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad