चर्चित भारतीय गायक कुमार सानु नेपाल आउने भएका छन्। आगामी मंसिर ४ गते जनकपुरधाममा हुन लागेको ‘कुमार सानु लाइभ इन कन्सर्ट’ मा सहभागी हुन उनी आउन लागेका हुन्।
जनकपुरको होटल राज दरबारमा आयोजना हुने कार्यक्रममा उनले आफ्ना चर्चित भारतीय गीत नेपाली दर्शकलाई सुनाउनेछन्।
उनको आवाजमा रहेका ‘भरे आउँछु सपनीमा, फूल भए जिन्दगी, म त अब रिसाउँछु, साचिरहँ जस्तो लाग्छ, मनको मन्दिर, जनम जनमको, म त आएँ, यसपालीको बसन्तमा’ लगायत नेपाली गीत चर्चित छन्।
कार्यक्रमको होस्ट सुशील नेपालले गर्नेछन्। दिउँसोको साढे ४ बजेबाट सुरु हुने कन्सर्टमा सहभागी हुन ४५ सय र ३ हजारको टिकट दर तय गरिएको छ।
उक्त कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत प्रमुख अतिथिका रुपमा उपस्थित हुनेछन्।
एक भिडियो सन्देशमार्फत् गायक सानुले आफू जनकपुरमा आउन लागेको बताएका छन्। उनी यसअघि सांगीतिक प्रस्तुति दिन नेपाल आइसकेका छन् ।
Shares

प्रतिक्रिया