कला


कमेडी च्याम्पियनका उपविजेता विक्की अग्रवालकी आमाको निधन

कमेडी च्याम्पियनका उपविजेता विक्की अग्रवालकी आमाको निधन

नेपालखबर
कात्तिक २३, २०७८ मंगलबार २०:५३, काठमाडौँ

यो सिजनको कमेडी च्याम्पियनका उपविजेता विक्की अग्रवालकी आमाको मंगलबार काठमाडौंमा निधन भएको छ। 

छोरालाई काठमाडौंमै सेटल गर्ने उद्देश्यसहित आएकी दुर्गा थापा मगरको ६० वर्षको उमेरमा मंगलबार अचानक बेहोस भएर निधन भएको हो। 

उनी कोठामै बेहोस अवस्थामा भेटिएकी थिइन्। उच्च रक्तचाप र मधुमेहसँग जुधिरहेकी उनलाई मेडिकेयर अस्पताल लगेलगत्तै उनलाई चिकित्सकले मृत घोषित गरे। 

कमेडी च्याम्पियनका एकजना निर्णायक मनोज गजुरेलले दुर्गाको निधनबारे पुष्टि गरेकी छन्। आमालाई विक्कीले नै अस्पताल पुर्‍याएका थिए।

कमेडी च्याम्पियनको यो सिजनमा आफ्नो पृथक प्रस्तुतिका कारण विक्की चर्चित बनेका थिए। उनले आफ्नो करिअर काठमाडौंमै अघि बढाउने योजनासहित आमालाई पनि बोलाएका थिए। 

यसअघि कमेडी च्याम्पियनको फाइनल भिडन्तमा पनि विक्कीका आमा बुवा काठमाडौं आएका थिए। दुर्गा बिरामी भएको खबर सुनेपछि विक्कीका बुवा पनि सिक्किमदेखि काठमाडौं आएका थिए। तर उनले पत्नीलाई जीवित भेट्न सकेनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad