'कबड्डी' नेपाली फिल्मी क्षेत्रमा सफल फिल्मको नाम हो। यस नामबाट 'कबड्डी', 'कबड्डी-१', 'कबड्डी-२' र 'कबड्डी-३' बनिसकेका छन्।
अहिले 'कबड्डी'को चौथो श्रृंखला अर्थात् ‘कबड्डी ४’ को छायांकन मुस्ताङमा धमाधम भइरहेको छ।
मुस्ताङका दुई स्थानमा यो फिल्मको सुटिङमा कलाकारहरु व्यस्त छन्।
यतिबेला छायांकनको ५० प्रतिशत काम सकिएको छ। फिल्मको छायांकन मुस्ताङको कोवाङ र लार्जुङमा भइरहेको छ।
फिल्ममा नायक दयाहाङ राईसँगै कलाकारद्वय बुद्धि तामाङ र विजय बराल लगायतले अभिनय गरेका छन्।
फिल्ममा नायिका मिरुना मगरको मुख्य भूमिका छ। यो फिल्मको निर्देशन रामबाबु गुरुङले गरेका छन्।
'कबड्डी'का यसअघि बनाइएका तीनवटै शृङ्खला कलिउड बक्स अफिसमा सफल सावित भएका थिए।
378
Shares

प्रतिक्रिया