बलिउड अभिनेत्री कटरिना कैफ र विक्की कौशलको ‘पर्सनल लाइफ’बारे यतिबेला धेरै समाचार आइरहेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार यी दुईबीच आगामी डिसेम्बर ७ देखि ९ सम्म विवाह हुँदै छ।
यसबीच उनीहरूबारे अर्को एउटा खबर बाहिरिएको छ। त्यो हो– उनीहरूको नयाँ घरमा इन्टेरियर डेकोरेसन (भित्र सजाउने काम) धमाधम भइरहेको छ। जहाँ उनीहरू बिहेपछि बस्नेछन्।
स्रोतका अनुसार उक्त नयाँ घरमा भइरहेको काम हेर्न कहिले कटरिना एक्लै त कहिले विक्कीसँग जाने गरेकी छन्। उक्त घर खरिद गर्न केही दिनअघि दुवै जना सँगै पुगेका थिए। अहिले डेकोरेसनका काम तीव्र गतिमा चलिरहेको छ र विवाहपछि दुवै तुरुन्तै यो घरमा बस्नेछन्।
विशेष कुरा के छ भने कटरिना र विक्कीले मन पराएको अपार्टमेन्ट त्यही भवनमा छ, जहाँ अनुष्का शर्मा र विराट कोहली पनि बस्छन्। यसरी विक्की–कट्रिनाको बिहेको खबर साँचो हो भने विवाहपछि दुवै यहाँ बस्छन् र अनुष्का–विराट छिमेकी बन्नेछन्।
यो पनि : कट्रिना कैफको विवाह हुँदै, सबैभन्दा पहिला निम्तो पाएका सलमान खान सहभागी नहुने
Shares

प्रतिक्रिया