कला


मिलन चाम्सले गोल रक्षक एन्जिलाको जीवनीमा फिल्म बनाउँदै

मिलन चाम्सले गोल रक्षक एन्जिलाको जीवनीमा फिल्म बनाउँदै

नेपालखबर
मंसिर २, २०७८ बिहिबार १४:५८, काठमाडौँ

राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म बन्ने भएको छ।

मिलन चाम्सले निर्देशन गर्ने फिल्ममा एन्जिलाको पूर्वाञ्चल क्षेत्रीय टोलीको गोलरक्षकदेखि राष्ट्रिय फुटबल टोलीको गोलकिपरसम्मको यात्रालाई देखाइनेछ। 

उनले आफ्नो खेल जीवनमा गरेको संघर्ष र हासिल गरेको सफलता प्रेरणादायी रहेकाले फिल्म बनाउने लागेको चाम्सले बताएका छन्।

यम थापाले यस फिल्मको स्क्रिप्ट लेखेका छन्। प्रेम कुमार श्रेष्ठको निर्माण रहने फिल्मको वर्किङ टाइटल ‘एन्जिला’ राखिएको छ। 

फिल्मको छायांकन अर्को वर्ष गरिने भएको छ। कोरोनाले रोकिएको फिल्म ‘गोर्खा वारियर-२’ को यही आइतबारदेखि बाँकी छायांकन सुरु हुन लागेकाले यो फिल्म खिचिसकेपछि एन्जिलाको जीवनीमा आधारित फिल्मको छायांकन सुरु गरिने छ। 

फिल्ममा अभिनय गर्ने मुख्य कलाकारहरु फाइनल भएका छन्। तर, निर्देशक मिलन चाम्सले फिल्मको घोषणा सभामा मात्रै कलाकारको नाम सार्वजनिक गर्ने बताए। 

२०५३ मा पाँचथर जिल्लाको फाक्तेपमा जन्मिएकी एन्जिलाले १३ वर्षदेखि नै फुटबल खेल्न सुरु गरेकी थिइन्। 

सन् २०१४ मा श्रीलंकामा सम्पन्न एएफसी यु–१४ गल्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी उनी २०१४ बाट राष्ट्रिय टिममा परेकी थिइन्। 

त्यसबीचमा उनी २ वर्ष बेञ्चमा रहिन्। त्यसपछि भने उनी नेपाली फुटबल टोलीको पहिरो रोजाइकी गोलरक्षकका रुपमा छिन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad