ad ad

कला


‘जुलुङ्गो’सहित तीन चलचित्रले जिते ५ सय डलर पुरस्कार

‘जुलुङ्गो’सहित तीन चलचित्रले जिते ५ सय डलर पुरस्कार

नेपालखबर
मंसिर १०, २०७८ शुक्रबार ११:४५, काठमाडौँ

‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नवौं संस्करणअन्तर्गत तीन विधाका तीन चलचित्रले पुरस्कार जितेका छन्। 

महोत्सवमा प्रदर्शन गरिएका नेपाललगायत २४ देशका ४२ चलचित्रमध्ये राजेशप्रसाद खत्रीको ‘जुलुङ्गो’, मीरा खड्का र ज्योति बेलबासेको ‘नो स्कुल टुडे’ र एन्जिला चौधरी र पुष्पा जोशीको ‘ललित’ उत्कृष्ट बन्दै जनही ५ सय अमेरिकी डलर पुरस्कार पाउन सफल भएका हुन्। 

जुलुङ्गो’ले फिक्सन तर्फबाट उकृष्ट, ‘नो स्कुल टुडे’ले उत्कृष्ट वृत्तचित्र र महिला फिल्मेकरतर्फ उत्कृष्ट चलचित्रका रूपमा ‘ललिता’लाई पुरस्कार दिइएको हो। 

महोत्सवमा आशा मगराती, मनोजबाबु पन्त र लिना रञ्जितले निर्णायकको भूमिका निर्वाह गरेका थिए। 

मानव अधिकार चलचित्र केन्द्रकाे आयोजनामा ४ दिनसम्म भर्चुअल रूपमा सञ्चालित महाेत्सव बिहीबार सम्पन्न भएको हाे। 

महोत्सवको पहिलो दिन गत सोमबार बिहान ७ बजेदेखि छनोट भएका चलचित्र ‘मुभी डटकम’ वेबसाइटमा प्रदर्शन भएका थिए। महोत्सवमा लघु चलचित्र, वृत्तचित्र, फिचरलगायत सबै विधाका चलचित्र प्रर्दशन गरिएका थिए। 

महोत्सवको सहआयोजक राष्ट्रिय मानव अधिकार आयोग र नेपालका लागि क्यानाडाको राजदूतावास हुन्।

यस्तै महोत्सवका लागि युरोपियन युनियन, आईओएम, आईसीजे, प्लान इन्टरनेसनल, मोबाइल आर्ट फर पिसले सहयोग गरेका थिए। चलचित्र विकास बोर्ड र मानव अधिकार चलचित्र सञ्जालले महोत्सवलाई प्रवद्र्धन गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .