हलिउड गायिका एवं नायिका जेनिफर लोपेजले चौथोपटक बिहे गर्ने भएकी छन्।
५२ वर्षीया लोपेजले ‘ब्याटम्यान’ अभिनेता बेन एफ्लेकसँग बिहे गर्न लागेकी हुन्।
चाँडै रिलिज हुने चलचित्र ‘म्यारी मी’को प्रमोसनका क्रममा नायिका लोपेजले आफूले चौथोपटक विवाह गर्न लागेको जानकारी दिएकी हुन्।
चौथो विवाहपछि आफूले पूर्ण रूपमा खुसी प्राप्त गर्ने दाबी पनि उनले गरेकी छन्।
उनले यसअघि तीन जना पतिसँग सम्बन्ध विच्छेद गरिसकेकी छन्।
186
Shares

प्रतिक्रिया