नायिका तथा मोडल रेश्मा घिमिरेले बिहे गर्ने भएकी छन्।
उनले अमेरिकामा अध्ययनरत प्रभात बाबुसँग यही मंसिर १४ गते विवाह गर्ने भएकी हुन्।
गत वर्ष मंसिर १८ गते इन्गेजमेन्ट गरेका उनीहरूले एक वर्षपछि बिहे गर्न लागेका हुन्।
अमेरिकामा चिकित्सा विज्ञान अध्ययनरत प्रभात र नायिका रेश्माबीच ३ वर्षअघि चिनजान भएको हो। त्यसपछि क्रमशः नजिक भएका उनीहरू परिवारकै सल्लाहमा विवाह गर्न लागेका हुन्।
उनीहरूले विराटनगरमा विवाह गर्ने बताइएको छ।
213
Shares
प्रतिक्रिया