ad ad

कला


बलिउड अभिनेत्री सान्याको जब ४ वर्षदेखिको प्रेम सम्बन्ध टुट्यो...

बलिउड अभिनेत्री सान्याको जब ४ वर्षदेखिको प्रेम सम्बन्ध टुट्यो...

फाइल तस्बिर : बलिउड अभिनेत्री सान्या मल्होत्रा।


नेपालखबर
मंसिर १५, २०७८ बुधबार ११:३७, काठमाडौँ

बलिउड अभिनेत्री सान्या मल्होत्राले आफ्नो प्रेम सम्बन्ध टुटेको (ब्रेकअप) पीडा सार्वजनिक गरेकी छन्।

हालैको एक अन्तर्वार्तामा अभिनेत्री मल्होत्राले आफ्नो ब्रेकअप निकै पीडादायी भएको र आफ्नो मानसिकतामै असर परेकाे बताएकी हुन्। 

‘मलाई लाग्छ– ब्रेकअप सबैका लागि नै कठिन हुन्छ। मेरो पछिल्लो ब्रेकअप चार वर्ष लामो सम्बन्धको थियो, जुन म दिल्लीमा बस्दा सुरु भयो’, उनले भनेकी छन्, ‘हाम्रो सम्बन्ध समाप्त हुने बेला लकडाउन भयो र म मुम्बईमा एक्लै थिएँ। मैले परिस्थितिबारे मनन गर्न र सम्बन्ध किन टिकेन भनेर बुझ्न समय लिएँ। मैले आफैंमा सुधार ल्याउन आवश्यक छ भनेर  बुझें। २०२० मेरा लागि राम्रो वर्ष थियो, निको हुने वर्ष।’

‘दंगल’बाट चर्चामा आएकी अभिनेत्री सान्या अहिले ‘मिनाक्षी सुन्दरेश्वर’बाट  प्रशंसा पाइरहेकी छन्। 

सान्या चाँडै क्राइम थ्रिलर ‘लभ होस्टेल’ फिल्ममा बबी देओल र विक्रान्त मेसीका साथ अभिनय गर्दै छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .