ad ad

कला


वैवाहिक वर्षगाँठमा धुर्मुस–सुन्तलीले सार्वजनिक गरे मायाप्रेम साट्दै गरेको म्युजिक भिडिओ

वैवाहिक वर्षगाँठमा धुर्मुस–सुन्तलीले सार्वजनिक गरे मायाप्रेम साट्दै गरेको म्युजिक भिडिओ

नेपालखबर
मंसिर १५, २०७८ बुधबार १५:३९, काठमाडौँ

हास्य कलाकार दम्पती सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को १३औं वैवाहिक वर्षगाँठका उपलक्ष्यमा म्युजिक भिडिओ सार्वजनिक गरिएको छ। 

आपसमा मायाप्रेम साटासाट गर्दै धुर्मुस र सुन्तलीको अभिनय रहेको  ‘मायाले जीवन सजाऊ’ गीतको भिडिओ सार्वजनिक गरिएको हो। जसमा धुर्मुस र सुन्तलीले मायाले जीवन सजाउन एकअर्कालाई आग्रह गरेका छन्। 

भिडिओमा यो जाडीले जीवनमा भोगेका आरोहअवरोह तथा प्रेम देखाइएको छ। 

गीत कुमार कट्टेल र अस्मिता अधिकारीले गाएका हुन् भने शब्द अर्जुन पोखरेलका हुन्। 

रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशनमा निर्मित म्युजिक भिडिओ बन्देप्रसादले सम्पादन तथा मानकृष्ण महर्जनले छायांकन गरेका हुन्।  

हेर्नुहोस् भिडिओ–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .