बलिउड नायिका कट्रिना कैफको विवाह गर्ने दिन नजिकिँदै छ।
विक्की कौशलसँग उनले यही डिसेम्बर ७ देखि ९ सम्म सवाई माधोपुर (राजस्थान)को सिक्स सेन्स फोर्ट बर्वारामा बिहे गर्ने तयारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
उनीहरूले राजस्थानमा वैवाहिक समारोह आयोजना गर्नुअघि मुम्बईमा कोर्ट म्यारिज गर्नेछन्। तर विवाहपछि पनि कट्रिनालाई भारतीय नागरिक भनिने छैन। यसका लागि उनले अझै ७ वर्ष कुर्नुपर्नेछ। वास्तवमा कट्रिनाको वास्तविक नाम क्याट्रिना टर्कोटे हो।
कट्रिना कैफ बेलायतकी हुन्। अहिले पनि उनीसँग विदेशी राहदानी र विदेशी नागरिकता छन्।
भारतीय कानुनअनुसार विवाहपछि पनि उनलाई भारतीय नागरिक भनिने छैन। यसका लागि उनले कानुनी प्रक्रिया पूरा गर्नुपर्नेछ।
त्यसका लागि ७ वर्ष लाग्ने भारतीय कानुनविदले बताएकाे भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
Shares

प्रतिक्रिया