चर्चित गायिका रचना रिमालले पनि कक्षा १२ उत्तीर्ण गरेकी छिन्।
गायिका रिमालले ३.४४ जीपीएसहित कक्षा १२ उत्तीर्ण गरेकी हुन् ।
झापाको भद्रपुरस्थित प्रज्ञा एकेडेमीबाट रिमालले कक्षा १२ को परीक्षा दिएकी थिइन्।
रचनाले कक्षा १२ उत्तीर्ण गरेपछि गायसँगै स्नातक अध्ययन सुरु गर्ने बताएकी छन्।
नेपाल आइडलबाट चर्चामा आएकी रिमाल हाल काठमाडौंमै बस्छिन्।
दिनमै आधा दर्जनसम्म गीत गाइरहेकी रचना अहिले संगीतको कक्षामा पनि व्यस्त छिन्।
गत भदौ ३० देखि असोज ८ गतेसम्म भएको कक्षा १२ को परीक्षामा ३ लाख ८५ हजार विद्यार्थी सहभागी थिए।
114
Shares

प्रतिक्रिया