नायक निखिल उप्रेतीले १३ वर्षअघि नै नायिका सञ्चिता लुइँटेलसँग दोस्रो विवाह गरे पनि जेठी पत्नी कोपिलासँग भने हालै मात्र सम्बन्ध विच्छेद (डिभोर्स) गरेको खबर सार्वजनिक भयो। त्यस क्रममा आफूले निखिलसँग सम्पत्ति लिएको भन्ने गलत हल्ला फैलाइएको भन्दै कोपिलाले खण्डन गरेकी छन्।
आइतबार सामाजिक सञ्जालमार्फत कोपिलाले आफूले बिनासम्पत्ति निखिल उप्रेतीसँग सम्बन्ध विच्छेद गरेको स्पष्टीकरण दिएकी हुन्।
‘यो नयाँ ठिमीको घर आजभन्दा १४ वर्षअगाडि नै मेरो नाममा नै थियो, हरेक महिनामा ५० हजार मैले पाएको छु, यो सत्य हो’, कोपिलाले लेखेकी छन्, ‘मैले उहाँको दोस्रो सन्तानले निखिलजीको कानुनी नाम पाउन भनेर यो कठोर निर्णय लिएकी हुँ। कृपया पत्रकारजी गलत समाचार नछापे। मैले ५० लाख लिएको छैन। मेरो भावनालाई सम्मान गरिदिनुहोला।’

यो पनि : जेठी श्रीमती कोपिलासँग डिभोर्स गरे निखिल उप्रेतीले
Shares

प्रतिक्रिया