कला


महामारीमा स्वास्थ्यकर्मीको योगदान सम्झिएको ‘आज जान देऊ’ बोलको गीत बजारमा (भिडिओ)

महामारीमा स्वास्थ्यकर्मीको योगदान सम्झिएको ‘आज जान देऊ’ बोलको गीत बजारमा (भिडिओ)

नेपालखबर
मंसिर २७, २०७८ सोमबार १३:३८, काठमाडौँ

कोरोना महामारीमा स्वास्थ्यकर्मीको योगदानलाई सम्मान गर्ने भाव पस्किएको नयाँ गीत सार्वजनिक भएको छ। 

संगीत भकारीले ल्याएको  ‘आज जान देऊ’ बोलको नयाँ गीत शनिबार सार्वजनिक भएको हो। 

यसमा आइतसिंह गुरुङको आवाज छ। स्वस्थ्य सेवामा लागेका स्वास्थ्यकर्मीहरुले अरुलाई बचाउँदा बचाउँदै आफैँलाई समेत गुमाउनुपर्ने कारुणिक विषयलाई भिडियोमा देखाइएको छ ।

कोभिड–१९ जस्तो विश्वव्यापी महामारीमा संसारभरका स्वास्थ्यकर्मीहरुले देखाएको कामप्रतिको इमानदारिता र उनीहरुको योगदानप्रति सम्मान गर्दै गीत तयार पारिएको गायक, संगीतकार तथा संगीत भकारीका सञ्चालक करणराज कार्कीले बताए।

भिडियोमा नाजिर हुसेनको साथमा शिक्षा संग्रौला र पृथ्वी खनाललाई देख्न सकिन्छ ।

सौरभ तिम्सिनाले लेखेको गीतलाई प्रविन दियालेले संगीत भरेका छन् भने संगीत संयोजन सञ्जीव बराइलीले गरेका हुन् ।

मौसम हिमालीद्वारा निर्देशित भिडिओमा अनिल कुमार मानन्धरको छायांकन तथा विष्णुहरि तिम्सिनाको सम्पादन रहेको छ ।

गीतलाई संगीत भकारी युट्युब च्यानलमा हेर्न र सुन्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad