बलिउडदेखि हलिउडसम्म चर्चित नायिका हुन्– प्रियंका चोपडा। अमेरिकी गायक निक जोनससँग विवाह गरेयता त झन् उनको व्यक्तिगत जीवनबारे पनि निकै चर्चा भइरहेको छ।
केही वर्षअघि बिहे गरेकी प्रियंका र उनका पति जोनसको सम्बन्धबारे बेलाबेला विभिन्नखाले समाचार आइरहन्छन्।
यसै क्रममा अहिले अर्काे प्रसंग चर्चामा आएको छ। त्यो हो– उनलाई सञ्चारमाध्यमले ‘जोनसकी पत्नी’ भनेर सम्बोधन गरेको मन पर्दैन।
हालै एक सञ्चारमाध्यमले त्यसरी लेखेपछि उनले आपत्ति जनाएकी हुन्।
‘निकै रमाइलो कुरा के छ भने म अहिलेसम्म एकदमै सफल एक चलचित्रको फ्रेन्चाइजको प्रमोसनमा व्यस्त छु। तर अझै पनि मलाई ‘निक जोनसकी पत्नी’ भन्दै सम्बोधन गरिन्छ’, नायिका प्रियंकाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘कृपया मलाई बताइदिनुस् कि अझै पनि महिलाहरूविरुद्ध नै किन यस्तो हुन्छ? मलाई अब आफ्नो बायोग्राफीमा आफ्नो आईएमडीबी लिंक जोड्नुपरेको हो?’
प्रियंकाले यो पोस्ट आफ्ना पति निकलाई पनि ट्याग गरेकी छन्।
नायिका प्रियंका प्रमोसनमा व्यस्त चलचित्र हो– द म्याट्रिक्स रिसरेक्सम। यो यही डिसेम्बर २२ बाट हलमा र एचबीओबाट रिलिज हुँदै छ।
यो पनि : सम्बन्ध विच्छेदको हल्लाबीच जब प्रियंकाले आफू आमा बन्न लागेको बताइन्...
Shares

प्रतिक्रिया