कला


सकियो सिल्लीको छायांकन

सकियो सिल्लीको छायांकन

नेपालखबर
पुस ४, २०७८ आइतबार १४:२, काठमाडौँ

निर्देशक राजबहादुर सानेको निर्देशनमा निर्माण भएको फिल्म ‘सिल्ली फो’को छायांकन सकिएको छ । फिल्मकी मुख्य अभिनेत्री केकी अधिकारीको जन्मदिनको अवसर पारेर छायांकन सकिएको निर्माण टिमले जनाएको छ।

केही समयदेखि फिल्मको नेपालगञ्ज आसपासका ठाउँमा छायांकन भईरहेको थियो । कमेडी जनरामा निर्माण भएको फिल्मले केकीलाई जन्मदिनको शुभकामनासहित इन्डक्ल्याप गरेको हो।

फिल्ममा केकीका अलावा धिरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दीपक थापा, पुर्णचन्द्र पोखरेल, अनिता लामिछाने लगायतका कलाकारको अभिनय छ ।

यही फिल्मबाट दिनेश रेग्मी, भुगोल कार्की र रमेश बजगाईले अभिनयमा डेव्यु गर्दैछन् । ह्याप्पी फिल्मको व्यानरमा निर्माण भएको फिल्मका निर्माता मनोज डिके हुन्।

विशाल श्रेष्ठ र सागर विष्ट सह–निर्माता रहेको फिल्ममा रबी केसीको मेकअप, शिव विकको कोरियोग्राफी, देब महर्जनको द्वन्द्व, दिव्यराज सुवेदीको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन छ । फिल्मका सहायक निर्देशक विशाल बराल र केशव शर्मा हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad