विश्वभर कोरोना संक्रमण महामारीका रुपमा फैलिएपछि नेपालमा गुर्जोको प्रयोग निक्कै बढ्यो।
कोरोनाविरुद्ध लड्ने क्षमता (इम्युनिटी पावर) बढाउन कमलबहादुर राजलवटले गुर्जोको प्रयोग अभियानका रुपमा चलाए । उनका यो अभियान अझैं जारी छ।
निःशुल्क रुपमा गुर्जो अभियान जारी राखेका राजलवटले हालै पशुपति सरसफाइमा जुटेका कलाकारलाई पनि गुर्जोको चिया गरेका छन।
सफाई अभियानमा सरिक भएकी कलाकार दीपाश्री निरौलालाई पनि कमलबहादुरले गुर्जोको चिया प्रदान गरेका छन्। राजलवटले दिएको गुर्जोको चिया कलाकार दीपाश्रीले सडकमै उभिएर पिएकी थिइन्।
त्यसैगरी कमलबहादुरले फर्पिङ योग साधना केन्द्रमा पनि गुर्जोको चिया प्रदान गरेका छन्। अभियन्तालाई निःशुल्क चिया दिँदै कमलबहादुरले यो अभियान निरन्तर चलाउँने बताएका छन । राजलवटलाई उनका दाजु रमेश राजलवटले अभियानमा साथ दिँदै आएका छन्।
Shares

प्रतिक्रिया