गायक बृजेश श्रेष्ठ नयाँ गीतको म्युजिक भिडिओ लिएर बजारमा आएका छन्। उनले पछिल्लो समय ‘चन्चले’बोलको गीत र म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।
म्युजिक भिडियोमा गायक श्रेष्ठका साथमा मोडल कुसुम नेपाल जोडी कलाकारका रुपमा देखिएका छन्।
सार्वजनिक गीत यबुस थापाले लेखेका हुन। गीतमा संगीत पनि गीतकारले नै गरेका छन्।
म्युजिक भिडियो निर्देशन वियोन्ड शाहीले गरेका हुन्। काठमाडौंको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा बृजेश र कुसुमको प्रेम देखाइएको छ।
भिडिओ-
30
Shares

प्रतिक्रिया