अभिनेत्री वर्षा शिवाकोटीले पुराना रंग पत्रकार प्रकाश सुवेदीको कार्यक्रमविरुद्ध उजुरी दर्ता गरेकी छिन्।
उनले सुवेदीको कार्यक्रम रजतपटविरुद्ध उजुरी दर्ता गराएकी हुन्।
शिवाकोटीले प्रेस काउन्सिलमा उजुरी दर्ता गर्दै कारबाहीको माग गरेकी छिन्। सुवेदीले आफ्नो कार्यक्रम मार्फत आफ्नो ब्यक्तिगत जीवनको कुरा झिकेर अपमान गरेको शिवाकोटीको आरोप छ।
उनले उजुरी पछि भनेकी छिन्, ‘मेरो नितान्त ब्यक्तिगत कुरा निकालेर घोचपेच गरेका कारण कारबाहीको माग गर्दै उजुरी दर्ता गराएकी हुँ।’
आफू कानुनी उपचारका लागि सम्बन्धित निकायमा पुगेकाले पनि अहिले धेरै नबोल्ने उनले बताएकी छिन्।
सुवेदीले उनको कार्यक्रम रजतपटमा गसिप रिपोर्ट भन्दै वर्षाको प्रेम, विछोड र उनको पहिरनलाई लिएर रिपोर्ट प्रस्तुत गरेका थिए।
717
Shares

प्रतिक्रिया