लामो समयको अन्तरालपछि सिनेमा घरमा आजबाट नेपाली चलचित्र प्रदर्शनमा आएको छ। फ्राइडे रिलिज अन्र्तगत आजबाट ऋषिराम आचार्य निर्देशित चलचित्र ‘चुरीफुरी’ रिलिज भएको छ।
हाँस्य प्रधान चलचित्र ‘चुरीफुरी’ देशभरका हलमा एक साथ प्रदर्शन हुने निर्देशक आचार्यले जानकारी दिए। चलचित्र प्रचारका दौरानमा सामाजिक कार्य गर्दै आएको ‘चुरीफुरी’ युनिटले फिल्मको कमाइबाट केहि रकम अनाथालयलाई सहयोग गर्ने जनाएको छ।
चलचित्रमा रबिन्द्र झा, सुबोध गौतम, पवन खतिवडा, सुरबिर पण्डित, जोया ढकाल, रश्मि आचार्य, शिशिर भण्डारी लगायतका कलाकारले अभिनय गरेका छन।
चलचित्रमा दीपक शर्माको संगीत, समिर आचार्य, विश्व नेपाली र बेनिशा पौडेलको स्वर सुन्न सकिन्छ। राहुल राईले छायांकन गरेको चलचित्र नवीन निरौलाले सम्पादन गरेका हुन्।
Shares

प्रतिक्रिया