नेपाली कथानक चलचित्र ‘कठै म त कठै’को छायांकन सकिएको छ।
अभिनेता राजेश हमालको शीर्ष भूमिका रहेको यो चलचित्रमा हमाल विद्रोही भूमिकामा देखिनेछन्।
माधव न्यौपानेको कथा रहेको यो चलचित्र यादव भट्टराईले निर्देशन गरेका हुन्।
काभ्रेको कुशादेवीमा छायांकन गरिएको यो चलचित्रले महिला हिंसा र बलात्कारविरुद्धको आवाज उठाउने बताइएको छ।
चलचित्रमा राजेशका साथमा कलाकार सुनिशा बजगाईं, उमेश खड्का, लक्ष्मी गिरी र सरिता गिरीले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन्।
78
Shares

प्रतिक्रिया