ad ad

कला


क्रिसमस मनाउन गएका सलमान खानलाई सर्पले टोक्यो

क्रिसमस मनाउन गएका सलमान खानलाई सर्पले टोक्यो

नेपालखबर
पुस ११, २०७८ आइतबार १५:२८, काठमाडौँ

बलिउड अभिनेता सलमान खानलाई सर्पले टोकेको छ। शनिवार सर्पले टोकेपछि तत्कालै अस्पताल भर्ना गरिएको छ। 

सलमान क्रिसमस मनाउन पनवेलस्थित आफ्नो फार्म हाउसमा गएका थिए। यो घटना शनिबार मध्यराति भएको हो। 

त्यसपछि उनलाई आइतवार बिहान ३ बजे कमोठे एमजीएम अस्पताल भर्ना गरिएको थियो। 

समाचार अनुसार सर्प विषालु थिएन। उपचारपछि सलमान डिस्चार्ज भइसकेका छन्। अहिले उनी ठीक छन्। 

उपचारपछि उनी आइतवार बिहान ९ बजे फार्म हाउस फर्किए। 

उनी परिवार र साथीसहित क्रिसमस मनाउन पनवेल फार्म हाउस गएका थिए। यो क्षेत्र पहाड र जंगलबाट घेरिएको छ। यो क्षेत्रमा प्राय सर्प र अजिंगर भेटिइरहन्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .