कला


नेपाली दर्शकको चाहना पूरा गर्न काठमाडौं आउँदै चर्चित भारतीय गायिका कौर

नेपाली दर्शकको चाहना पूरा गर्न काठमाडौं आउँदै चर्चित भारतीय गायिका कौर

भारतीय गायिका असिस कौर


नेपालखबर
पुस १३, २०७८ मंगलबार ५:५५, काठमाडौँ

चर्चित भारतीय गायिका असिस कौर नेपाल आउने भएकी छन्। 

आगामी जनवरी ८ मा काठमाडौंमा हुने कन्सर्टका लागि उनी अघिल्लो दिन जनवरी ७ मा यहाँ आउने भएकी हुन्। 

आयोजक फेलिज इन्टरनेसनल इभेन्टका अनुसार  गायिका असिस कौरको कन्सर्ट दरबारमार्गस्थित क्लब प्लेटिनममा हुनेछ। कन्सर्टको नाम  ‘राता लम्बिया नाइट विथ असिस कौर’ राखिएको छ। 

नेपाली दर्शकको चाहनाअनुरूप उनलाई नेपाल झिकाउन लागिएको इभेन्टका सीईओ शाहिल खानले जानकारी दिएका छन्। 

आयोजकका  अनुसार कन्सर्टमा गायिका कौरकाल साथै नेपाली गायक याबेश थापाले समेत प्रस्तुति दिनेछन्। 

सन् २०२० मा खुदा हाफिज फिल्मको ‘जान बन गए’ बोलको गीत गाएपपछि चर्चामा आएकी गायिका असिस कौरको पछिल्लो समय ‘राता लम्बिया’ गीत निकै चर्चित छ।

‘तमाचे’ चलचित्रको ‘दिलदारा रिप्राइज’बाट बलिउड गायनमा डेब्यु गरेकी उनले अन्य थुप्रै चलचित्रका गीत गाएकी छन्। यस्तै उनले इन्डियन आइडल, आवाज पन्जाब दी लगायत थुप्रै गायन रियालिटी शोमा सहभागिता जनाइसकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad