बलिउड सुपरस्टार सलमान खानले सोमबार (डिसेम्बर २७) आफ्नो ५६औं जन्मदिन मनाएका छन्। यस विशेष अवसरमा फ्यान, साथीभाइ र परिवारका सदस्यलगायत धेरै जना बलिउड सेलिब्रेटीले सामाजिक सञ्जालमार्फत उनलाई जन्मदिनको शुभकामना दिएका छन्।
यसैबीच अभिनेत्री जेनेलिया डिसुजाले पनि सलमान खानको डान्सको विशेष भिडिओ सेयर गर्दै उनको जन्मदिनको शुभकामना दिएकी छन्। यो भिडिओ अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।
वास्तवमा जेनेलिया डिसुजाले सलमान खानसँग पार्टीमा डान्स गरेको भिडिओ पुरानो हो। जसलाई कतिपयले सलमानको बर्थडे पार्टीकै ठानिरहेका छन्। भिडिओमा जेनेलिया र सलमान पूर्ण ऊर्जाका साथ सँगै नाचिरहेको देखिन्छ।
‘सबैभन्दा ठूलो हृदय भएको व्यक्तिलाई जन्मदिनको शुभकामना’
यो भिडिओ सेयर गर्दै जेनेलिया डिसुजाले लेखेकी छन्, ‘सबैभन्दा ठूलो हृदय भएको मानिसलाई जन्मदिनको शुभकामना! भगवानले तपाईंलाई धेरै खुसी, माया र राम्रो स्वास्थ्य प्रदान गरून्। म तपाईंलाई माया गर्छु।’
जेनेलिया-सलमान डान्सको यो भिडिओ सामाजिक सञ्जालमा भाइरल बनिरहेकाे छ र फ्यानहरूले निकै रुचाइरहेका छन्।
Shares

प्रतिक्रिया