कला


‘आमा’ लिएर आउँदै उषा खड्गी

‘आमा’ लिएर आउँदै उषा खड्गी

नेपालखबर
पुस १३, २०७८ मंगलबार १८:०, काठमाडौँ

पूर्वमिस नेपाल एवम् अभिनेत्री उषा खड्गी अब कार्यक्रम प्रस्तोताका रुपमा देखिने भएकी छिन्।

उनले न्युज २४ टेलीभिजनमा कार्यक्रम ‘आमा’को चौथो सिरिज चलाउने भएकी छिन्।

‘आमा’का अघिल्ला ३ सिरिज निक्कै लोकप्रिय थिए। ‘आमा’को नयाँ सिरिजमा उषाको ईन्ट्रीसँगै थप चर्चा थपिएको छ।

कार्यक्रमको पहिलो सिजन सविना कुँवर, दोस्रो सिजन गौरी मल्ल र तेस्रो सिजन सरिता लामिछानेले चलाएका थिए।

यो कार्यक्रममा नितान्त आमाको कथा प्रस्तुत गरिन्छ। चर्चित सन्तानका ओझेलमा परेका आमाहरूलाई स्थान दिने यो कार्यक्रममा आमाको आर्शिवाद र प्रेरणाका कथा प्रस्तुत गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad