कला


कठपुतली हेर्ने दर्शकलाई आईफोन १२ जित्ने मौका

कठपुतली हेर्ने दर्शकलाई आईफोन १२ जित्ने मौका

नेपालखबर
पुस २२, २०७८ बिहिबार ११:२८, काठमाडौँ

लामो समयपछि गत शुक्रबारबाट नेपाली चलचित्रका दर्शक हलसम्म तानिएका छन्।

चलचित्र ‘कठपुतली’ हलमा लागेपछि कोरोना कालपछि नेपाली फिल्म हेर्न दर्शक हलसम्म पुगेका हुन्। ‘कठपुतली’ले सकारात्मक र नकारात्मक सबैखाले प्रतिक्रिया पाइरहेको छ।

प्रदर्शनको एक साता पुग्नै लाग्दा चलचित्र युनिटले दर्शकका लागि नयाँ अफर सार्वजनिक गरेको छ। अब यो फिल्म हेर्ने दर्शकले आईफोन १२ उपहार पाउने छन्। 

निर्माण टिमका अनुसार दर्शकले चलचित्र हेर्न काटेको टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नु पर्ने छ। सामाजिक सञ्जालमा पोस्ट भएका मध्ये गोला प्रथाबाट एकजनालाई एप्पल कम्पनीको ‘आईफोन १२’ प्रदान निर्माण टिमले जनाएको छ। 

एउटा टिकटले एक जनाले मात्रै सहभागीता जनाउन पाउँनेछन्। फोटो राख्दा टिकट नम्बर देखिने गरि राख्नु पर्ने निर्माण पक्षको भनाइ छ।

नेपालभरका जुनसुकै हलबाट टिकट काटेका दर्शकले यो योजनामा सहभागिता जनाउन सक्ने छन्।

समाजिक सञ्जालको कुनैपनि प्लेटफर्म मार्फत दर्शकले यो अफरमा सहभागी हुन पाउनेछन्।

तर, सामाजिक सञ्जालमा फोटो राख्दा क्याप्समा ‘ह्यासट्याग कठपुतली ह्यासट्याग विनआईफोन’ लेख्नुपर्ने छ।

ह्यासट्याग प्रयोग गरि फोटो पोष्टको सुचना फिल्म टीमले प्राप्त गर्नेछ । ‘लक्की ड्र’ मार्फत आगामी फेब्रुअरी १ मा विजेता घोषणा गरि उपहार दिईनेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad