कला


ओमिक्रोनका कारण सर्न थाले फिल्म

ओमिक्रोनका कारण सर्न थाले फिल्म

नेपालखबर
पुस २२, २०७८ बिहिबार १२:५७, काठमाडौँ

बलिउड बजारमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको असर देखिन थालेको छ।

ओमिक्रोनका संक्रमित बढ्न थालेसँगै प्रदर्शन मिति तोकेर प्रचार गरिरहेका फिल्म प्रदर्शन मिति सार्न थालेका छन्। 

ओमिक्रोनको बढ्दो असरका कारण सर्वाधिक प्रतिक्षा गरिएको चलचित्र ‘आरआरआर’ जनवरी ७ बाट स्थगित भइसकेको छ। अर्को प्रतीक्षित साउथ फिल्म पछि सार्वजनिक गरेको प्रदर्शन मितिबाट पछि हटेको छ। 

साउथका सुपरस्टार प्रभास र अभिनेत्री पूजा हेग्डेले मुख्य भूमिकामा रहेर अभिनय गरेको फिल्म ‘राधे श्याम’ जनवरी १४ बाट रिलिजको तयारीमा थियो। तर अब यो फिल्म जनवरी १४ मा रिलिज हुनेछैन। 

यस्तै साउथकै अर्को फिल्म ‘वालिमाई’पनि जनवरी १३ लाई लिएको प्रदर्शन मितिबाट पछि हटेको छ। अजित कुमार अभिनित यो फिल्म पनि कारोना संक्रमितको संख्या बढ्न थालेपनि पछि हटेको हो। 

अक्षय कुमार र मिस इण्डिया मानुषी छिल्लरले शीर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्र ‘पृथ्वीराज’ पनि जनवरी २१ मा प्रदर्शनको तयारीमा थियो। उक्त मितिबाट यो फिल्म पनि पछि हटेको छ। फिल्म यूनिटले सार्वजनिक रुपमै यो फिल्मको रिलिज सरेको जनाएको छ। 

शाहीद कपूर अभिनित ‘जर्सी’पनि डिसेम्बर ३१ लाई लिएको रिलिज डेटबाट पछि हट्यो। अब कहिले प्रदर्शन गर्ने फिल्मले अर्को रिलिज डेट लिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad